बाँके बैशाख १२ गते ।
नेपालगन्ज बनाउँछौं नेपालगन्जमा सत्तारुढ दलहरू बीच चुनावी गठबन्धन छ ।
कांग्रेसलाई मेयर र जसपालाई उपमेयर भाग परेपछि कांग्रेसले मेयरमा नगर सभापति प्रशान्त विष्ट र जसपाले उपमेयरमा बाँके अध्यक्ष कमरुद्दिन राईलाई उम्मेदवार बनायो ।
दुबै जना आ–आफ्नो पार्टी कार्यालयबाट उम्मेदवारी दर्ताका लागि दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे । मनोनयन दर्तास्थलमा एक अर्कालाई भेटेपछि दुबैले हार्दिकता साटे र संयुक्त स्वरमा मेयर उपमेयर जित्ने उद्घोष गरे ।
संविधान र लोकतन्त्र रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन बनेको छ, हामी यहाँ मेयर उपमेयर उठेका छौं, हामी दुई भाईले जितेर अब नेपालगन्ज बनाउँछौं, विष्ट र राईले भने ।
नेपालगन्जलाई विकसित र समृद्ध बनाउने योजनासहित आफूहरु अघि बढ्ने दुबैले बताए ।
Discussion about this post