बाँके बैशाख १२ गते ।
नेपालगञ्जका सक्रिय युवा मोहम्मद फैजले नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
२२ वर्षिय युवा फैजले लामो समय देखि राजनीतिक पार्टीमा सक्रियता साथ लागेका थिए । जनता समाजवादी पार्टीले गठबन्धन गरेपछि ऊनी निराश हुँदै बागी उम्मेदवारको रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
यसअघि फैज हल्वाई समाजवादी विद्यार्थी युनियनको केन्द्रिय सदस्य तथा पुर्व बाँके जिल्ला अध्यक्ष पनि रहिसकेको छन् ।
उनले आफ्नो उम्मेदवारी समग्र युवाहरुको लागि बताए । उनले चुनाबी अभियानमा आफू लागि सकेको पनि बताए ।
Discussion about this post