बाँके बैशाख १३ गते ।
नेपालगन्ज उपमहानगरपालिका १८ का वडाअध्यक्ष दिपक वर्मालाई फेरिपनि जिताउनुपर्ने वडाबासीले चाहना व्यक्त गरेका छन् ।
पाँच वर्षीय कार्यकालमा विकास निर्माणका थुप्रै काम गरेकाले बाँकी काम पूरा गर्नपनि वर्मालाई फेरि जिताउनुपर्ने वडाबासीको माग रहेको छ ।
वर्माले वडाको भौतिक पूर्वाधार विकासमा उल्लेखिय कार्य गरेका छन्। उनकै कारण अहिले वडाका अधिकांश ठाउँमा सडक पुगेको छ । शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन आएको छ ।
वडाअध्यक्ष पदका उम्मेदवार वर्माले चुनावमा जित हासिल भए आफुले विकास निर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाउँछन् । उनले अधुरा कामलाई पूर्णता दिने पनि बताए ।
भौतिक र मानवीय विकासका लागि आफुले अव योजनाबद्ध ढंगबाट अघि बढ्नेपनि उनको भनाइ छ । वडाअध्यक्ष वर्माले विकास निर्माणमा पक्षपातपूर्ण व्यवहार नदेखाएका कारण वडामा सबैको लोकप्रिय रहेका छन् ।
Discussion about this post