बाँके बैशाख १३ गते ।
नेपाली काँग्रेस र जसपाबीच नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा गठबन्धन छ । मेयरमा काँग्रेसबाट प्रशान्त विष्ट र उपमेयरमा जसपाबाट कमरुद्दिन राइ चुनावी मैदानमा छन् ।
कमरुद्दिन राइ मेयरमै तयारी गरेका थिए । तर केन्द्रमा भएको गठबन्धनका कारण उनी उपमेयरमै भएपनि चुनाव जितेर आफ्नो नगरको विकास गर्न चाहान्छन् ।
सधैं जनताको घर आँगनमा भेटिने राइले अघिल्लो निर्वाचनमा पनि मेयरमा लडेका थिए । तर पराजित भए । पराजित भएपनि उनी जनताकै सेवामा खटिरहे ।
नगरबासीलाई विरामी पर्दा उनी आफै घर पुग्छन् । अस्पतालसम्म पुर्याउन सहयोग गर्छन् । पैसा नभए आफ्नै खर्चमा उपचार गराउँछन् । उपमेयरमा मनोनयन दर्ता गरेर चुनावी अभियानमा होम्मिएका राइप्रति जनलहर नै देखिएको छ ।
अधिकांश मतदाताको रोजाइमा उपमेयरमा कमरुद्दिन राइलाई जिताउनु पर्छ भन्ने नै देखिएको छ ।
Discussion about this post