बाँके बैशाख १५ गते ।
नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका–७ मा वडा अध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठले मतदाता भेटेर आफ्नो प्यानललाई विजयी बनाउन आग्रह गरेका छन् ।
समृद्ध वडा बनाउने आफूहरुको अठोटलाई साकार पार्न सम्पूर्ण पार्टीपंक्ति तथा जनताहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
अध्यक्षका उम्मेदवार श्रेष्ठले पछिल्लो पाँच वर्षमा जुम्मन खांले वडालाई ध्वस्त पारेको भन्दै अब उनले अधुरा छाडेका काम आफुले पूरा गर्ने बताए । वडालाई समृद्ध बनाउन भौतिक पूर्वाधार विकाससंगै सामाजिक विकासलाई संगसंगै लैजाने श्रेष्ठले बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुशासन लगायतका विषयलाई प्राथमिकतामा राख्दै वडालाई सूचना र प्रविधिमैत्री बनाउने श्रेष्ठले बताए । ढल र नाला निकासको काम आफ्नो प्राथमिकतामा रहेको श्रेष्ठको भनाई छ ।
Discussion about this post