बाँके बैशाख १८ गते ।
नेपालगन्ज उपमहानगरपालिका ४ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार टेकबहादुर केसीले चुनावी अभियानलाई तीब्र बनाएका छन् ।
उनलाई वडाबासीले विकासप्रेमी उम्मेदवार भन्दै मतदाताको समर्थन बढ्दै गएको छ । आफ्नो वडालाई सम्बृद्ध बनाउनका लागि आफु चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ ।
अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कुनै पनि काम नगरेको उनको भनाइ छ । ढल र नालाको समस्या अझैपनि उस्तै रहेको भन्दै त्यसलाई पूर्णता दिने पनि उनको भनाइ छ ।
वडाबासीको समस्या समाधानका लागि वडाबासीलाई नै परिचालन गरिने पनि उनको भनाइ छ । वडाबासीले यस्तै विकासप्रेमी नेतालाई जिताउने बताएका छन् ।
केसी हिंजोआज सबैको मनमनमा बस्न सफल भएका छन् । उनी निर्वाचन लक्षित घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित देखिएका छन् ।
केसीको नेतृत्वमा महिला सदस्य पदमा नन्दा घिमिरे, दलित महिला सदस्य पदमा सुर्जा सुनार, खुल्ला सदस्य पदका उम्मेदवार सन्तोष कौशल र कासिम कबडियालाई एमालेले चुनावी मैदानमा उतारेको छ ।
Discussion about this post