बाँके बैशाख १८ गते ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट मोबाइल र कपडा बरामद गरेको छ । नेपालबाट भारत लैजाने तयारीमा रहेको मोबाइल र भारतबाट भन्सार छलिको अबैध कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले १८० थान किप्याड मोबाइल बरामद गरेको छ । उक्त मोबाइलको बजार मुल्य एक थानको नौ सय रुपैया पर्ने प्रहरीले जनाएको छ । यसैगरी ७२ हजार मुल्यको कपडा पनि बरामद गरेको छ । बरामद गरिएको सामान नेपालगन्ज भन्सार कार्यालयलाई बुझाउने तयारी भइरहेको छ ।
Discussion about this post