बाँके बैशाख १८ गते ।
नेपालगन्जको जमुनाहबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर बस्ने २३ वर्षीय साहबुद्दिन अन्सारी रहेको वरिष्ठ प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टले जानकारी दिनुभयो ।
अन्सारीले मुखमा लुकाएर लागु औषध ब्राउन सुगर ल्याउने क्रममा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलि र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले नाकाबाट पक्राउ गरेको बिष्टले बताउनुभयो ।
उनिमाथि थप अनुसंधान भइरहेको पनि प्रहरीको भनाइ छ । उक्त लागु पदार्थको तौल १३ ग्राम रहेको बताइएको छ ।
Discussion about this post