बाँके बैशाख २१ गते ।
नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का उम्मेदवारले आफ्नो चुनावी घरदैलोलाई व्यस्त बनाएका छन्।
अध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठलगायतका उम्मेदवार चुनावी घरदैलोमा व्यस्त छन् । विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, वडाभित्र रहेको सम्पूर्ण सडकहरुको कालोपत्रे गरिने श्रेष्ठको योजना छ ।
गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, वडाका टोलहरुमा फ्रि वाईफाई र वडामा हुने सम्पूर्ण गतिविधिको निगरानीका लागि हरेक चोक चोकमा सिसिटीभी क्यामेरा जडान गरिने पनि अध्यक्षका उम्मेदवारको प्रतिबद्धता छ ।
Discussion about this post