बाँके बैशाख २३ गते ।
राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नन्दलाल बैश्य जिततर्फ उन्नमुख हुन थालेका छन् ।
उनले नगरबासीको हित र सेवाका लागि आफु उम्मेदवार बनेको भन्दै मत माग्दै घरदैलोमा पुग्दा मतदाताहरुले न्यानो आथित्यताले स्वागत गर्ने र जितको शुभकामना दिने गरेका छन् ।
सामाजिक क्षेत्रबाट जनातको सेवा गर्दै आएका बैश्य यो पटक भने राजनीतिज्ञ भएर सेवा गर्न चाहेको बताए । उनले आफु नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भए आफुले पाउने तलव भत्ता नलिने घोषणा गरेका छन्।
उक्त तलवभत्ता नगरबासीको हित र सेवामा खर्चिने उनको प्रतिबद्धता छ । उनले नेपालगन्जको भौतिक, शिक्षा, स्वास्थ्य, सरसझाई, पर्यटकिय क्षेत्रको विकास, महिला तथा बालबालिकाको हकहितको सवालमा योजन ढंगबाट काम गरिने प्रतिबद्धता जनाएका छन् ।
त्यहीअनुसारको प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका उनी मत माग्न पनि प्रतिबद्धता पत्र लिएर घरघरमा पुग्ने गरेका छन् ।
Discussion about this post