बाँके बैशाख २४ गते ।
नेपालगन्ज उपमहानगरपालिका ७ का मतदाताहरुले यसपटक एमालेका उम्मेदवारलाई जिताउने बताएका छन् । विगतमा माओवादी केन्द्रलाई जिताएपनि जनताको भावना अनुसार विकास नगरेको भन्दै यसपटक एमालेलाई जिताउने प्रतिबद्धता ब्यक्त गरेका हुन्।
नेकपा एमालेबाट वडा अध्यक्ष पदमा प्रशान्त श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। घरदैलो अभियानका क्रममा मतदाताले यस पटक प्रशान्तलाई विजयी गराउने प्रतिबद्धता जनाए ।
सो क्रममा उम्मेदवार प्रशान्तले विगतमा एउटै पार्टी र एउटै व्यक्तिलाई धेरै पटक अवसर दिँँदा वडाका जनताले विकासको महसुस गर्न नसकेको बताए ।
एक पटक वडालाई समुन्नत वडा बनाउनका लागि निर्वाचित गराउन उनले आग्रह गरे । उनले वडा भित्रका महिलालाई विकासको मुलधारमा ल्याउन र महिला सशक्तिकरणमा जोड दिँदै महिला सुरक्षित वडा बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
Discussion about this post