बाँके बैशाख २५ गते ।
स्थानीय तह निर्वाचन आउन पाँच दिनमात्रै बाँकी छ । यही वैशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका ८ का वडाअध्यक्ष पदका उम्मेदवार निजामुद्दिन सिद्दिकीले प्रचारप्रसारलाई व्यापक बनाएका छन् ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र सिद्दिकीले मतदाताको घरघर पुग्दा विजयीको आर्शीवाद पाइरहेका छन् । समाजसेवी तथा मिलनसार सिद्दिकी वडामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले वडाको विकासका लागि कुनै पनि भूमिका निर्वाह गर्न नसकेको भन्दै समृद्ध वडा निर्माणका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले अपिल गरेका छन् ।
८ नम्बर वडाको अध्यक्ष पदका उम्मेदवार सिद्दीकी टोलवासीको विसवास जित्न सफल भएका छन। टोलवासीका अनुसार सिद्दीकी संग लामो समय देखिको राजनीतिक अनुभव रहेको कारणले टोलको विकासमा सहयोगी भुमिका निभाउन सक्ने क्षमता भएको कारणले टोलवासीले समर्थन गरेका छन् ।
Discussion about this post