बाँके बैशाख २७ गते ।
जनताले कस्ता नेता चाहन्छन् ? सायद तपाईले पनि अनुमान लगाउनु भयो होला ? आफ्नो सहज पहुँच भएको नेतालाई सर्वसाधाारणले रुचाउँछन् ।
त्यसैगरि, सर्वसाधारणको कुरा सुन्ने, सहज रुपमा भेट्घाट गर्न सकिने, भेट भएको बेला सुखदुखका कुरा सोध्ने, दुख परेका बेला मध्यरातमा समेत घरमा पुगेर सहयोग गर्ने नेतालाई सर्वसाधारण जनताले मन पराउँछन् ।
साथीभाईसँग सामान्य चिया पसलमा समेत बसेर चिया, नास्ता खाने, ठूलो नबन्ने उम्मेदवार अहिले जनताको रोजाईमा परेका छन् । यस्तै मध्ये एक हुन राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नन्दलाल बैश्य ।
उनी ब्यापारी हुँदै राजनीतिमा आएका हुन् । तर उनी गरिव, दुखीको सेवामा तल्लिन हुन्छन् । एकाविहानै नेपालगन्जका सडकमा निस्किएर हाई हल्लो गर्छन् । साथीभाईसँग सडक पेटीमा बसेर चिया खान्छन् । खुवाउँछन् । सन्चो, विसन्चो सोध्छन् । सहयोग आवश्यक परेकालाई सहयोगी हात अघि बढाउँछन् । उनी कहिल्यै ठालु पल्टिन्नन् । त्यसैले त नन्दलाल वैश्य नेपालगन्जबासीका प्यारो भएका छन् । मन, मस्तिष्कमा बस्न सफल भएका छन् ।
उनी नेपालगन्जको मेयरको उम्मेदवार भएपछि नेपालगन्जबासीमा उत्साह थपेको छ । आशा र भरोसा जागेको छ । जनताको उत्साहले बैश्य झनै उत्साहित भएका छन् । उनले नेपालगन्जबासीले यस पटक आफूलाई न्याय गर्ने आशा गरेका छन् । नेपालगन्जबासीले मलाई न्याय गर्नुहुने छ । उहाँहरुको उत्साहले मलाई जित नजिक पुर्याएको छ,’ उनले भने ।
उनले नेपालगन्जको मेयर भए भ्रष्टाचार नगर्ने र सुशासन कायम गर्ने कसम खाएका छन् । उनले भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह भएको बताउँदै उपमहानगरको एक पैँसा पनि तलमाथि हुन नदिने प्रतिवद्धता जनाएका छन् । ‘म आफू पनि भ्रष्टाचार गर्दैन । अरुलाई पनि गर्न दिन्न । यो मेरो प्रतिवद्धता हो,’ उनले भने ।
वैश्यले मेयरले पाउने तलव, भत्ता नलिने प्रतिबद्धता पनि गरेका छन् । उनले नेपालगन्जलाई सुन्दर बनाउने सपना बुनेका छन् । नगरबासीलाई सम्पन्न र समृद्ध बनाउने योजनाका साथ राजनीतिमा होमिएका छन् । ‘नेपालगन्ज मेरो मातृभूमि हो । नेपालगन्जलाई मैले लात्तले हान्न सक्दैन ।
मातृभूमिलाई रुवाउनु भनेको महापप हो,’ उनले भने, ‘नेपालगन्जसँग मेरो जुगौँजुगको नाता छ । यसलाई मैले कुनै पनि हालतमा अपमान गर्न सक्दैन । सदा शिरमा राखेर काम गर्ने छु ।’
Discussion about this post