बाँके बैशाख ३० गते ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न मतदानस्थलमा सूचना संकलन गर्न पुगेका पत्रकारलाई प्रहरीले अबरोध गर्दै दुव्र्यवहार गरेको छ ।
मतदानस्थलमा समाचार संकलनका क्रममा पुगेका केही पत्रकारलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले दुव्र्यवहार गरी फोटो समेत खिच्न दिएन । नेपालगन्ज उपमहानगरपालिका ४ र ५ मा पत्रकारलाई सूचना संकलनमा अबरोध पुराउने काम प्रहरीले गरेको हो ।
वडा नम्बर ४ मा राप्रपा र माओवादी केन्द्रको बिवाद हुंदासमाचार संकलन गर्न पुगेका पत्रकारलाई सूचना संकलनमा बंचित गराइएको हो ।
फोटो समेत खिच्न नदिएपछि टेलिभिजन र अनलाइनका पत्रकार समाचार संकलन नगरी फर्किएका छन ।प्रहरीले आफ्ना चिनेका र उम्मेदवारका मान्छेलाई भने निर्बाध भित्र जान दिने गरेको थियो । परिचयपत्र देखाउँदा समेत पत्रकारले समाचार संकलन गर्न पाएनन् ।
Discussion about this post