बाँके जेठ २ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले ५७१६ मत ल्याएर अग्रता लिइरहेका छन् ।
यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ३६७७ मत प्राप्त गरी राईलाई पछ्याईरहेकी छन् । राई र चर्तीबीच २०३९ मतको अन्तर रहेको छ ।नेकपा एमालेकी शान्ति ढकालले ३४४९ मत प्राप्त गरेकी छन् । राई नेपाली कांग्रेससहित गठबन्धनका साझा उम्मेदवार हुन्, भने विन्दु र शान्ति एक्लै चुनाव लडेका हुन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका (सहायक निर्वाचन अधिकृत) नगेन्द्र चौलागाईका अनुसार अहिलेसम्म वडा नम्बर १, २, ३, २०, २१, २२ र २३ को मतगणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ४, ५ र १९ नम्बर वडाको गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Discussion about this post