बाँके जेठ ३ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् ।वडा नम्बर १, २, ३, ४, २०, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले ८३४० मत पाएका छन् ।
नेकपा एमालेका पशुपतिदयाल मिश्र ४३७७ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्र भन्दा ३९६३ मतले अघि छन् ।राप्रपाका नन्दलाल बैश्यले ३३६१ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ६७८८ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले ४३६१ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको ४२०० मत आएको छ ।
वडा नम्बर ५ र १९ को मतगणना सकिएपनि प्रमुख र उपप्रमुखको मत यसमा अझै जोडिएको छैन ।
Discussion about this post