बाँके जेठ ३ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् ।
वडा नम्बर १, २, ३, ४, ५, २०, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले ९२२७ मत पाएका छन् ।
नेकपा एमालेका पशुपतिदयाल मिश्र ४६१४ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्र भन्दा ४६१३ मतले अघि छन् ।
राप्रपाका नन्दलाल बैश्यले ३५२७ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ७६५१ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले ४६३० मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको ४३७८ मत आएको छ ।
Discussion about this post