बाँके जेठ ३ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् ।
वडा नम्बर १, २, ३, ४, ५, ७, १९, २०, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले १०८६१ मत पाएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्र ५५१८ मतका साथ दोस्रो स्थानमा छन् ।
विष्ट मिश्र भन्दा ५३४३ मतले अघि छन् । राप्रपाका नन्दलाल बैश्यले ४२६८ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ९०५० मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले ५५१९ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको ५२७२ मत आएको छ ।
Discussion about this post