बाँके जेठ ३ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् ।
पछिल्लो विवरण अनुसार विष्टले १२००९ मत पाएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्र ५६६८ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्र भन्दा ६३४१ मतले अघि छन् ।राप्रपाका नन्दलाल बैश्यले ४८४२ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ९९८३ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले ६१४२ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको ५३९३ मत आएको छ ।
Discussion about this post