बाँके जेठ ५ गते ।
सीमा सुरक्षार्थ खटिएको भारतीय प्रहरीले नेपाली महिलामाथि हातपात गरेको छ । नेपालगन्जसँग सीमा जोडिएको भारतीय बजार रुपैडियामा नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् ।
टंडन राईस मील स्थित यादव वस्त्रालयमा बसिरहेका दुई नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् । ती महिलाहरूबाट केहि संदिग्ध सामान नभेटे पनि भारतीय प्रहरीले दुबै नेपाली महिलाहरुलाई हातपात एवं जुत्ता समेत प्रहार गरेका थिए ।
पिटिएको दुबै नेपाली महिलाहरु सेन्ट्रल बैंक चौराहमा पुगेर जोर जोरले रुँदै सहयोगको याचना मागेका थिए । कुटिने महिलाहरु नेपालगन्जका भएको खुलेको छ। नेपालगन्ज उपमहानगरपािलका २ का अर्चना केसी र बीना डांगी रहेको बताइएको छ ।
उनीहरु घरासयसी सामान किनमेलका लागि रुपैडिया गएका थिए । भारतीय सुरक्षाकर्मीको कुटाइपछि ति महिलाहरु रुदै घर फर्किएका थिए ।
Discussion about this post