बाँके जेठ ७ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको खुसीयालीमा ¥याली निकालिएको छ ।
पाँच दलिय गठबन्धनबाट नेपालगन्जको नगरप्रमुखमाप्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्दिन राई विजयी हुनुभएको थियो ।
नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चासम्मेलिन गठबन्धनबाट काँग्रेसका विष्ट र जसपाका राई विजयी हुनुभएको हो ।
जनता समाजवादी पार्टी जसपाका जिल्ला अध्यक्ष समेत रहनुभएका राईको निवास नजिकै जमुनाहबाट सुरु भएको र्याली चौलिका, गणेशमान चोक, वीपी चोक, धम्वोजी, पुष्पलाल चोक कारकाँदो हुँदै राँझा पुगेको थियो ।
मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै राँझाबाट फर्किएको टोलीले बसपार्क, न्यूरोड हुँदै त्रिभुवन चोकमा पुगेको थियो ।
विजयी ¥यालीमा काँग्रेस नेता एवम् लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल, जसपा नेता एवम् पूर्वमन्त्री इस्तियाक राईलगायत जिल्लाका नेता तथा सयौं कार्यकर्ताहरु सहभागी थिए ।
Discussion about this post