बाँके जेठ १२ गते ।
बाँकेको कोहलपुरमा अनेरास्ववियुले इन्धनमा भएको मूल्य बृद्धि विरुद्ध विहीबार कोहलपुरमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले पेट्रोलियम पदार्थ, एलपी ग्याँसको मूल्यवृद्धिको विरुद्धमा कोहलपुरमा विरोध प्रदर्शन गरेको हो ।
सरकारले अस्वभाविक ढंगबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै तत्काल नघटाए थप सशक्त आन्दोलनत गर्ने अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष बिकल भट्टराईले जानकारी चेतावनी दिनुभयो ।
पछिल्लो एक सातामा पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि भएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
Discussion about this post