बाँके जेठ १४ गते ।
बाँकेको खजुरास्थित कपास विकास समितिले कपासको मूल्य बढाएको छ । समितिले एक क्वीन्टलमा एक हजार रुपैया मूल्य बढाएको समितिका अध्यक्ष हेमन्तराज काफ्लेले जानकारी दिनुभयो ।
समितिले कच्चा कपास आठ हजार पाँच सय रुपैया क्वीन्टलमा खरिद गर्दै आएकोमा अब नौ हजार पाँच सयमा खरिद गर्नेछ । कपासमा किसानलाई आकर्षण गर्न मल, बीउ, औषधि र प्राविधिक सहयोग पहिले भन्दा फरक तरिकाले गर्ने निर्णय गरिएको पनि उहाँको भनाइ छ ।
यस क्षेत्रको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा कपास लगाउने गरिएको थियो । अहिले दाङमा मात्रै कपास खेती गरिन्छ । लमहीको वडा नम्बर ७, ८ र ९ राजपुरको १, २, ३, ५, ६ र ७ नम्बर वडाको ९० विगाहमा कपास खेती गरिन्छ ।
Discussion about this post