खोजखबर संवाददाता बाँके असोज १३ गते । बाँकेको नरैनापुरबाट भारततर्फ अवैधरुपमा पैठारी गर्न लागिएको डेढ सय क्विन्टल सेतो मटर (केराउ) प्रहरीले आज बरामद गरेको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर ६ जमुनी नजिकै चेकजाँचका क्रममा तीन वटा ट्रयाक्टरमा लैजाँदै गरिएको २ सय ९९ बोरामा रहेको १ सय ४९ दशमलब ५ क्विन्टल सेतो मटर( केराउ) सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गणका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल वि ओ पी गंगापुरबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वको गएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भे १ त ५०१२, भे १ त ९७५४ र भे १ त ७४७५ नम्बरको ट्रयाक्टरबाट बिना भन्सार , विना बिलनै भारततर्फ लैजाँदै गरेको २५ लाख ४७ हजार ५ सयको पच्चीस लाख बराबरको सेतो मटर(केराउ )बरामद गरेको हो ।
प्रहरीलाई देख्ने वित्तिकै ट्रयाक्टर चालकहरु ट्रयाक्टर छोडेर भागेका थिए । मटर र तीन वटै ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाहामा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो ।
Discussion about this post