बाँके जेठ १७ गते ।
रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्जका सुन्दर हरिजनको शव परिवारले बुझेका छन् ।
घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई प्रतिवेदन बुझाएको भोलिपल्ट आज परिवारजनले शव बुझेका हुन् । कारागार विभागले जेठ ६ मा विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
नाबालक रहेकै अवस्थामा नेपालगन्जका सुनदर हरिजनलाई कारागार पठाइएको र जघन्य अपराधमा मुछिएका सुर्खेतका विजयविक्रम शाहलाई छुटाएर हरिजनलाई शाहको सजाय भुक्तान गर्न लगाइएकोबारे समाचार प्रकाशित भएको थियो ।
समिति संयोजक चापागाईंले हरिजनको मृत्यु आत्महत्याबाटै भएको देखिएको, शाह जेलबाट हरिजनको नाममा भागेको तर उनको सजाय हरिजनले नै भोग्दै गरेको पाइएको बताउनुभयो ।
जेलमा रहनुपर्ने शाह भागेको र उनको सट्टामा हरिजन जेलमा रहेको पाइयो । यो कसरी हुन गयो भन्नेबारे शाह पक्राउ परेपछि धेरै कुरा खुल्ने उहाँको भनाइ छ ।
Discussion about this post