
काठमाण्डौ – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको छ ।
चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकले समेत सभामुखलाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिनु भएको हो ।
सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै नैतिकताका आधारमा उपसभामुखसमक्ष राजीनामा दिएको बताउनु भएको छ ।
Discussion about this post