बाँके जेठ २१ गते ।
लागूऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–४ का ३३ वर्षीय रामचरण थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
थारुलाई बाँके जिल्ला अदालतले २०७८ भदौ २२ गते एक वर्ष १० महिना १६ दिन कैदको फैसला गरेको थियो । उनीलाई घरमै लुकीपिछी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला लगत्तै थारु फरार भएका थिए ।
पक्राउ परेका थारुलाई आवश्यक कारबाही लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post