बाँके जेठ २४ गते ।
बाँकेमा लेनदेन मुद्दामा फरार एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ बस्ने ४५ वर्षीया कि अनिता देवि बानियालाई प्रहरीले पक्राउ गरेको हो ।
बानियालाई २३ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । बानियलाई २०५६ साल बैशाख ६ गते जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा दोषी ठहर गर्दै तीन महिनाको जेल सजाए सुनाएको थियो । त्यसपछि बानिया फरार थिइन् ।
पक्राउ परेकी बानियालाई जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।
Discussion about this post