रजनी योगी
बाँके असार १२ गते । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थावाट आफ्नो रकम फिर्ता लिन बचतकर्तालाई समस्या भएको छ । केहि समय अघि कर्मचारीवाट करोडौ रकम अपचलन भएपछि सो सहकारीमा आफ्नो रकम फिर्ता लिन दिनहुँ जसो बचतकर्ताको भीड लाग्ने गरेको छ । करिब एक महिना अगाडी संस्थाका केही कर्मचारीको मिलेमतोमा करोडौं रकम अपचलन भएको थियो । उक्त रकम अहिले बचतकर्ताहरुलाई संस्थाले केही रकम दिईरहेकोे छ । एकलाखको १० प्रतिशतका दरले रकम दिएको हो । तर बचतकर्तालाई त्यो रकम पाउन निकै समस्या भएको छ । सजिलै रकम पाउन सकेका छैनन् । टोकन सिस्टमबाट रकम पाउने प्रक्रिया छ । त्यसो हुँदा बचतकर्तालाई रकम पाउन समस्या भएको छ । टोकन हातमा लिएर दिनहुँ उक्त सहकारी संस्थामा आउनुपर्छ तर पालो आउने हैन ।
घरको काम छाडेर एउटै कामको लागि दिनहुँ आउनु पर्छ पैसा पनि पाईदैन घरको काम पनि हुँदैन एक जना हातमा टोकन लिएर बस्नुभएका बाबु गाउँका मोहम्मद हनिफले बताउनुभयो । उहांले भन्नुभयो, ‘बुढा मान्छे आए बिरामी भईहाल्छ, एक महिनादेखि आईरहेको छु तर पाईएको छैन । अर्का डुडुवा गाउँपालिकाका राजकुमार मौर्य भन्नुहुन्छ, विहान ३ बजेदेखि आएर बस्छौं कर्मचारी भन्छन् आउँदैछौं तर ११ बजे आउँछन् पैसा पाउन निकै समस्या छ । यती मात्र हैन त्याहां रकम फिर्ता लिन आउने सबैको समस्या यस्तै छ ।
Discussion about this post