काठमाडौं असार ३ गते ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पुनः विवादमा मुछिएका छन्।नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील शब्दको प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका हुन्।
मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना हुन सुरु भएको छ।
यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए। अडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ।
Discussion about this post