बाँके असार ८ गते ।
पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा जनमत पार्टी बाँकेले जिल्ला प्रशासन गेट अगाडी प्रदर्शन गरेको छ ।
प्रदर्शनमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज गर, महङ्गी गर्न पाईदैन,जनता लुट्न पाईदैन जस्ता नारा लगाएका थिए । जनमत पार्टी बाँकेका संस्थापक अध्यक्ष रियाज अहम्मद शेषले सरकारले जनताको ढाड सेक्ने गरि गरेको मूल्य बृद्धि फिर्ता लिनुपर्ने बताउनुभयो ।
इन्धनसँगै दैनिक उपभोग्य बस्तुमा समेत भारी मूल्य बृद्धि गरिएको भन्दै उहाँले त्यसको चर्को आलोचना गर्नुभयो ।
Discussion about this post