बाँके असार ९ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगर सभा आज हुने भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा बिहान ११ बजे नगर सभा सुरु हुने नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
नगर सभामा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उक्त नगरसभामा करिव डेढ अर्वको अजेट पेश हुने तयारी छ ।
यस्तै उपप्रमुख कमरुद्धिन राईले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर सभामा डेढ अर्व बराबरको बजेट प्रस्तुत गरिनेछ । नगर सभामा सभाध्यक्षसहित १ सय १७ जना सदस्य सहभागी हुनेछन् ।
Discussion about this post