काठमाण्डौं असार १७ गते ।
युवातथा खेलकुदमन्त्रीमहेश्वर गहतराज (अथक)ले सम्पदा संरक्षणमा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषदअन्तर्गत पर्यटन पथप्रदर्शक युवा सञ्जालद्धारा शुक्रबार काठमाण्डौंमाआयोजित“सम्पदापदयात्रा’को समापनकार्यक्रममाबोल्दै मन्त्रीअथकले देशको संस्कृती र सम्पदाजोगाउनेजिम्मेवारी युवाहरुको काँधमा रहेको बताउनुभएको हो ।
संस्कृती र प्रकृतीले सम्पन्ननेपाललाई विश्वमाझचिनाउने प्रमुखमाध्यमकारुपमापर्यटनब्यवसाय रहेको उल्लेख गर्दै मन्त्रीअथकले भन्नुभयो, “हाम्रो देशको संस्कृती, सम्पदा र भाषाविश्वलाई बुझाउने जिम्मेवारी तपाईहरुको काँधमा रहेको छ, त्यो कार्यभार पुरा गर्नुहोस ।”
पर्यटन ब्यवसाय सम्मानित पेशाको रुपमा रहेको बताउँदै मन्त्रीअथकले देश चिनाउने दायित्वलाई पथप्रदर्शक युवाहरुले अत्यन्तै महत्वपूर्णजिम्मेवारीकारुपमाबहनगर्नेमाआफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय युवापरिषदकाकार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सवै क्षेत्रकायुवा समेट्ने योजनाअनुसार पथप्रदर्शक युवा सञ्जाल गठन गरिएको बताउनुभयो ।
काठमाडौंको ठमेल स्थित सञ्चयकोष भवन अगाडिवाट शुरु भएको पदयात्रापर्यटकीय क्षेत्र ठमेलकाविभिन्नभागहुँुंदै वसन्तपुरको दरवार स्क्वायर पुगेर समापनभएको थियो ।
Discussion about this post