बाँके असार १९ गते ।
नेपाली काँग्रेस बाँकेका जिल्ला सहसचिव विनोद थारुले पार्टीले आफुलाई स्पष्टिकरण सोध्ने निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै काँग्रेस बाँकेले थारुसहित सय बढी स्थानीय तथा जिल्ला नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा थारुले स्थानीय तहको निर्वाचनमा आफुले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको दावी गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा भनिएको छ–‘निर्वाचनमा इमान्दारी पूर्वक आफ्ना आधिकारिक उम्मेदवारलाई निर्वाचित गराउन दिनरात नभनेर पु¥याएको योगदानको अवमूल्यन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनि गरेको निर्णयप्रति स्तब्ध एवम् दुःखी भएको छु ।’ पार्टीले पूर्वाग्रही ढंगले आफुमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ती जनाउनुभएको छ ।
Discussion about this post