बाजुरा असार २३ गते ।
बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय सरकार चुन्न मतदान भइरहेको छ। कडा सुरक्षा व्यवस्थाबिच बिहान ७ बजेबाट मतदान सुरु भएको हो।
गत बैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरिएको थियो। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच धाँधली भएको भन्दै विवाद हुँदा झडप भएको थियो।
दुवै पार्टीले एकअर्कालाई बुथ कब्जा गरि मतदानमा धाँधली गरेको आरोप लगाएका थिए। बूढीगंगाको प्रमुखमा नेपाली कांग्रेसबाट रंग खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।
१० वटा मतदानस्थल र ११ वठा मतदान केन्द्रमा मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।
Discussion about this post