बाँके असार २३ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१४ सुईया निवासी मुस्ताक साईले २० वर्षअघि भारतबाट आसमालाई दुलही बनाएर घरमा भित्र्याए । मुस्ताक र आसमाका तीन छोराछोरी छन् ।
एउटी छोरी १४ वर्षकी भइन अर्की १० वर्षकी । छोरो ४ वर्षको भए । परिवार ठिकठाक चल्दै थियो । तर मुस्ताकका व्यवहारहरु क्रमश परिवर्तन हुदै गए ।
सँगै ज्यूने सँगै मर्ने कसम खाएर विहेबन्धनमा बाँधिएको यो जोडीमा दरार आउन थाल्यो । मुस्ताकले आसमालाई केयर गर्न छाडे । घरमा मुस्ताकले हेर्ने छाडे । न खर्च दिन्थे न त वास्ता गथ्र्ये । उनी परस्त्रीसँग लागेको सुनेको आसमा बताउँछिन ।
सासु र ससुराले पनि आफ्नै छोराको सपोर्ट गर्ने गरेको आसमाको भनाइ छ । आसमाले नै छोराछोरी पढाउने र हुर्काउने काम गरेकी छन् । आसमाको नाममा रहेको जग्गा आफ्नो नाममा बनाउन मुस्ताकले दैनिक टर्चर दिने गरेको भन्दै उनले न्यायको लागि प्रहरी प्रशासन गुहारेकी छन् ।
आम्दानीको स्रोत केही छैन यि बच्चाबच्चीलाई मैले कसरी पाल्ने ? उनी भन्छिन् । उनले मागेर जिविकोपार्जन गर्दै आएको पीडा सुनाइन् । श्रीमानले साथीहरुलाई ल्याएर रातीमा टर्चर दिने गरेको आसमाको पीडा छ ।
मुस्ताकको ज्याजदीबारे छिमेकीहरु पनि आक्रोसित बनेका छन् । वेसाहारा बन्न पुगेकी उनलाई स्थानीयले साथ दिएका छन् । र, प्रहरी प्रशासनमा न्यायको लागि उजुरी दिन लगाएका छन् ।आसमाले शान्ति सुरक्षाको माग गरेकी छन् ।
श्रीमानले साथीहरुलाई लिएर राती आउने र तथानाम गाली गर्ने, कुटपिट गर्ने गरेको भन्दै शान्ति सुरक्षाको माग गरेर मुस्ताकलाई कारवाही हुनुपर्ने उजुरीमा भनिएको छ ।
Discussion about this post