बर्दिया असार २३ गते ।
बर्दियाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन । ति किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँ रहेका छन । उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।
किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा समेत जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।
Discussion about this post