बाँके असार २५ गते ।
नेपालगन्जको जमुनाहबाट प्रहरीले प्रतिबन्धित बोइलर कुखुराको मासु बरामद गरेको छ । नेपालभन्दा भारतमा सस्तो मूल्यमा पाइने भएकाले बोइलर कुखुरा नेपाल तस्करी हुने गरेको छ ।
भारतमा ३ सय रुपैयाँ किलोमा पाइने वोइलर कुखुराको मासु नेपालमा ४ सय ४० रुपैयाँ प्रतिकिलो छ । खुला सीमानाकाको फाइदा उठाउँदै तस्करहरुले कुखुरा र काटिएको मासु भित्र्याउने गरेका छन् ।
प्रहरीका अनुसार भन्सार छलि भित्र्याइएको ६६ हजार मूल्य बराबरको १ सय ५० किलो वोइलर कुखुराको मासु बरामद भएको हो । बरामद गरिएको काटिएको मासु पशु क्वारेन्टाइनमा बुझाइएको छ ।
Discussion about this post