दाङ असोज १७ गते । दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । लमही नगरपालिका ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा दुई किशोरी डुबेको प्रहरीले बताएको छ ।
लमही ९ बाङ्गेतालकी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका १० नारायणपुरकी १५ बर्षीया निरु बोहराको डुबेर मृत्यु भएको हो । दुवैजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post