
खोजखबर संवाददाता सल्यान असोज १६ गते । सल्यानमा बालबिवाह गर्ने गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा बिवाहको मण्डपबाटै बेहुला बेहुली सहित सातजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ बर्षिय र सोही ठाउँकी बेहुली १९ बर्षिया रहेका छन् ।
बेहुलाको घरमा बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुवा ४१ बर्षिय लोकबहादुर बोहरा र उहाँकी श्रीमति माया बोहरालाई पक्राउ गरेको हो । यस्तै बेहुलीकी आमा ४० बर्षिया कलौटी रावत र बुवा ४२ बर्षिय रत्न बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बालबिवाह गराउने पण्डित कुशे नगरपालिका– ९ जाजरकोट घर भएका २५ बर्षिय नबिन आचार्यलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । बाल बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनिहरुलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकोले यसको न्युनिकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने खतिवडाले बताउनुभयो । कानुनले वालविवाह गराउनेहरुलाई तिनवर्ष सम्मको कैद र तिस हजार रुपैँया सम्मको जरिवानाहुन सक्ने व्यवस्था गरेको छ ।


Discussion about this post