बाँके असार ३२ गते ।
पत्रकार विजय परियारलाई दुव्र्यवहार गर्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले माफी मागेका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ बाँके शाखाको रोहबरमा डिएसपी मल्लले माफी मागेका हुन् ।डिएसपी मल्लले बिहीबार सडक चक्काजामको समाचार संकलन गर्न गएका पत्रकार परियारलाई दुव्र्यवहार गरेका थिए ।
सडक दुर्घटनामा ज्यान गुमाएका आफन्तले सडकमा गरिरहेको विरोध प्रदर्शनको भिडियो खिचिरहेका पत्रकार परियारको सञ्चार सामग्री खोस्दै डिएसपी मल्लले उनलाई नियन्त्रणमा लिएका थिए ।
बिहीबार नै डिएसपी मल्लले पत्रकारमाथि गरेको दुव्र्यवहारको कोहलपुरका क्रियाशील पत्रकार तथा सञ्चार गृहले संयुक्तरुपमा गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।
पत्रकारमाथि भएको दुव्र्यवहारको विषयमा विरोध भएपछि डिएसपी मल्लले शुक्रबार गल्ती भएको भन्दै माफी मागेका हुन् ।पीडित पत्रकार परियारसँग घटनामा आफ्नो कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको भौतिक र व्यावसायिक सुरक्षामा संवेदनशील बन्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
Discussion about this post