काठमाण्डौं साउन २ गते ।
युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानीअन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकोअनुगमनगर्नुभएको छ । निरिक्षणकालागि सोमबार बिहानमुलपानीपुग्नुभएकामन्त्रीअथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशनदिनुभएको छ ।
आगामी २ वर्षभित्रै सम्पन्नहुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशनदिदैं मन्त्रीअथकले गुणस्तरियताकालागिप्राविधिक पाटोलाई समेत ख्यालगर्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुग्नुभएकामन्त्रीअथकले खेलकुदलाई उद्योगको रुपमाविकास गर्नुपर्ने बताउँदै त्यसकालागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकतारहेको बताउनुभएको थियो ।
अनुगमनतथानिरक्षणका क्रममामन्त्रीअथकले त्यहाँअभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी उनिहरुको हौसलासमेत बढाउनुभएको थियो ।
Discussion about this post