बाँक साउन ३ गते ।
बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ ।
गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।
गाउँपालिकाको गत असार ८ गते बसेको कार्यपालिका बैठकबाट सिफारिस भई असार ३१ गते भएको गाउँसभाको निर्णय अनुसार नै पालिकामा कार्यरत सबै करार कर्मचारीहरुलाई नहटाउने निर्णय भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो ।
जानकीमा अधिकृतस्तर छैठोदेखि श्रेणी बिहिन ५८ जना करारमा कार्यरत रहेका छन् । स्थानीय तहको निर्वाचन २०७९ पछि बाँके लगायत अन्य जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेका छन् ।
Discussion about this post