बाँके साउन ४ गते ।
लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । बाँकेमा आज विहानदेखि बर्षा भइरहेको छ ।
असार १५ गतेपछि आज सबैभन्दा धेरै पानी परेको हो । बर्षा भएपछि किसानहरुलाई राहात मिलेको छ । यस्तै गर्मीले आक्रान्त नेपालगन्जबासीले राहात महसुस गरेका छन् ।
यस्तै सुदूरपश्चिममा पनि वर्षा भइरहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अर्थात नेपालतर्फ रहेको छ ।
यसले गर्दा मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा ठूलो पानी पर्ने सम्भावना हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
Discussion about this post