जनकपुरधाम साउन ५ गते ।
सर्लाही प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिवन–९ दनुवारीबाट ना.२०प ९३७ नम्बरको मोटरसाइकलमा सबार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका ३ बस्ने ३५ वर्षीय दीपक खत्री र पछाडि सवार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय विजय लामा छन् ।
उनीहरूको साथबाट डाइजेपाम ४९५ एम्पुल, फेनारगन ५ सय एम्पुल, स्पासमो प्रोक्सीभोन प्लस १४४ एम्पुल र लेबल र नाम नखुलेको ५ सय एम्पुल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
प्रहरीलाई देखेपछि भित्री सडकतर्फ भाग्ने क्रममा बुधबार राति उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post