बाँके साउन ६ गते ।
बाँके प्रहरीले लागु औषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–८ बस्ने २६ वर्षीय गणेश बुढा रहेका छन् ।
गएको चैत महिनाको ९ गते जिल्ला अदालतले बुढालाई दोषी ठहर गर्दै २३ दिन कैद फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए । पक्राउ परेका बुढालाई थप कारवाहीका लागि आज जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post