बाँके साउन ८ गते ।
गत आव ०७८–०७९ मा नेपालगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याय आयातबाट सवैभन्दा धेरै राजस्व संकलन भएको छ । गत आवमा एलपी ग्यासबाट ७७ प्रतिशत बढि राजस्व संकलन भएको छ ।
अघिल्लो आवमा चार करोड दुई लाख ३२ हजार ३८ किलोग्राम एलपी ग्यास आयात भएकोमा गत आव ०७८–०७९ मा चार करोड ४५ लाख १४ हजार ५२५ किलोग्राम आयात भएको छ ।
गत आवमा अघिल्लो आव भन्दा ४३ करोड ४१ लाख ९८ हजार रुपैँया बढि राजस्व संकलन भएको भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी नवकुल शर्माले जानकारी दिनुभयो ।
आयात बढि हुनेमा एमएस विलेट पनि रहेको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आवमा ६ करोड ६२ लाख ८९ हजार १६० किलोग्राम आयात हुँदा एक अर्व ८ करोड ४९ लाख २० हजार रुपैँया राजस्व संकलन भएको छ ।
अघिल्लो आव ०७७–०७८ मा ८४ करोड २० लाख ६३ हजार रुपैँया राजस्व संकलन भएको थियो ।
Discussion about this post