
बाँके असोज १८ गते । आज बिहानै देखि घटस्थापनाको सातौै दिन सप्तमीको अवसर पारेर नेपालगन्जको प्रशिद्ध मन्दिर वागेश्वरीमा फूलपाती भित्र्याईएको छ । नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीको संयुक्त टोलीले नेपालगन्जको प्रसिद्ध मन्दिर वागेश्वरीमा फूलपाती चढाएर पुजापाठ गरेका छन् । आजकै दिन हिन्दु धर्मालम्वीहरुले पनि वागेश्वरी मन्दिरमा फुलपाती ल्याएर चढाउने चलन रही आएको छ । वागेश्वरी मन्दिरमा छिमेकी जिल्ला लगायत छिमेकी मूलुक भारतबाट पनि श्रद्धालु भक्तजनहरु आएर पूजापाठ गरी फूलपाती चढाउने चलन रहेको छ । वागेश्वरी मन्दिरमा घटस्थापनाको दिन देखि नौ दिन सम्म नव दुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता रहेको छ । घटस्थापनाकै दिन देखि नवरात्री शुरु भएकाले नवरात्रीभर वागेशवरी मन्दिरमा बिशेष पुजापाठ गरिन्छ ।

















Discussion about this post