बाँके साउन १२ गते ।
बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
गएको फागुन २७ गते जिल्ला अदालत बाँकेबाट दोषी ठहर भइ फरार हुँदै आएका नेपालगन्ज उपमहानगरपालिका–४ का ३८ वर्षीय सुजित सोनी सुनारलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
जिल्ला अदालतले सुनारलाई तीन महिना कैद फैसला तोकेको थियो । पक्राउ परेका सुनारलाई कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको छ ।
Discussion about this post