जुम्ला साउन १५ गते ।
जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो । अति लोकप्रिय अवस्थामा रहेको असला माछाका भुरा संरक्षणमा पालिका लागिपरेको छ ।
हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यले गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै पारित गरेको जनाइएको छ । गाउँपालिका पशुपंक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको छ ।
नदीमा माछा मार्नका लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्ने लगायतका कार्यले असला जातका माछा लोप हुने अवस्थामा पुगेको संयोजक धितालले बताउनुभयो । अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको छ ।
Discussion about this post